लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

६ आश्विन २०८३, मंगलवार १०:२९

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको असोज ५ गते बसेको सञ्चालक समितिको ४८३औं बैठकले असोज २८ गते बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखपरीक्षक प्रतिवेदन सहितका वित्तीय विवरणहरूका साथै सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडको एकीकृत वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ।

बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयरतर्फको चुक्ता पूँजीको ८.२५ प्रतिशतका दरले कर सहित नगद लाभांश र साधारण शेयरधनीलाई साधारण शेयरतर्फको चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पेश गरिनेछ।

बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ। साधारणसभा तथा लाभांश वितरणका लागि बैंकले असोज १६ गते एक दिन बूक क्लोज गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*