सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट करसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले आफ्नो ११औँ वार्षिक साधारण सभा आगामी असोज ३० गते शुक्रबार गर्ने भएको छ। साधारण सभामा लाभांश वितरणसम्बन्धी प्रस्तावसहित कम्पनीका अन्य विषयमा छलफल तथा निर्णय हुनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १९ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई शेयर खरिद गरेका र आफ्नो नाममा शेयर नामसारी गराएका शेयरधनी साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
साधारण सभा प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द हुने अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीलाई आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।










