भोलि इन्द्रजात्राका दिन नेप्से खुल्छ कि बन्द हुन्छ ?
८ आश्विन २०८३, बिहीबार १६:३९

काठमाडौं । इन्द्रजात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा घोषणा गरेसँगै शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार स्थगित हुने भएको छ।
सार्वजनिक बिदाका कारण नेप्सेको नियमित कारोबारसमेत सञ्चालन नहुने भएको हो। यससँगै चालु साताको कारोबार तालिकामा शुक्रबार बजार बन्द रहनेछ।
अब नेप्सेमा नियमित शेयर कारोबार आगामी असोज १२ गते सोमबार देखि पुनः सञ्चालन हुनेछ। त्यस दिनदेखि बजार आफ्नो नियमित कार्यतालिकाअनुसार खुल्नेछ।










