सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

९ आश्विन २०८३, शुक्रबार ०८:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकका संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिले उक्त शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले आफ्ना अन्य संस्थापक शेयरधनीलाई खरिदका लागि पहिलो प्राथमिकता दिंदै बिक्रीमा राखेको हो ।

अतः बैंकका कुनै पनि संस्थापक शेयरधनीलाई उक्त ६० हजार कित्ता शेयर खरिद गर्न इच्छा भएमा आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन दिन बैंकले आग्रह गरेको छ।

तोकिएको ३५ दिनभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा वा शेयर बिक्री हुन नसकेमा बैंकले प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*