एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै
९ आश्विन २०८३, शुक्रबार ०९:०९

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण शेयरको लक–इन अवधि समाप्त हुने भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरमध्ये ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरेको थियो।
सामूहिक लगानी कोषका लागि छुट्याइएको उक्त ४७ हजार कित्ता शेयरको लक–इन अवधि सर्वसाधारणलाई शेयर बाँडफाँड भएको मितिले ६ महिनापछि समाप्त हुने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार एपोलो हाइड्रोपावरका सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता शेयरको लक–इन अवधि आउँदो कात्तिक १० गते समाप्त हुने कम्पनीले जनाएको छ।










