सूर्योदय वोमी लघुवित्तको ५६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार ४३५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।
लघुवित्तले काठमाडौं महानगरपालिका–३२ निवासी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो। यसअघि संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिइए पनि तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिएको छ।
शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, इमाडोल, ललितपुर वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, काठमाडौं–१, नक्साल, नागपोखरीमा पुग्ने गरी दिन सकिनेछ। शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने लघुवित्तले जनाएको छ।










