मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

१२ आश्विन २०८३, सोमबार ०९:२४

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको असोज १० गते बिहान ९ बजे बसेको सञ्चालक समितिको २७६औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। बैठकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई बैंकको अब हुने २१औं वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीमा वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*