ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
१३ आश्विन २०८३, मंगलवार १०:००

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ६ प्रतिशत बोनस र ३.५० प्रतिशत नगद (करसहित) गरेर ९.५० प्रतिशत लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।












