आन्दोलनको मौका छोपेर जेलबाट भागेका २० वर्षे कैदी पक्राउ

१३ आश्विन २०८३, मंगलवार १३:३९

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएर फरार रहेका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार काठमाडौं महानगरपालिका–९ स्थायी ठेगाना भएका ६० वर्षीय श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३१ भिमसेनगोलाबाट पक्राउ गरिएको हो ।

श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएपछि २०६५ कात्तिक ११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए ।

प्रहरीका अनुसार २०८२ भदौ २४ गते भएको आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार भएपछि उनी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए ।

श्रेष्ठ लुकेर बसेको विशेष सूचना पाएपछि सीआईबीबाट खटिएको टोलीले २०८३ असोज १३ गते उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय सुन्धारा पठाइएको सीआईबीले जनाएको छ ।

सीआईबीले आफ्नो टोलछिमेकमा अपराध गरी लुकीछिपी बसेका व्यक्तिबारे जानकारी भए प्रहरीलाई सूचना दिनसमेत आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*