सानिमा बैंकका चार बचत खाताको बीमा सुविधा स्थगित
१४ आश्विन २०८३, बुधबार १२:०२

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना चारवटा बचत खातामा उपलब्ध गराउँदै आएको बीमा सुविधा स्थगित गर्ने भएको छ।
बैंकले २०८३ साल आश्विन १४ गतेदेखि लागू हुने गरी सुनौलो बचत खाता, सानिमा सुपर सेभिङ्गस, सानिमा फेमिली सुपर सेभिङ्गस र सानिमा दीर्घायु तलब खातामा प्रदान गरिँदै आएको बीमा सुविधा पूर्ण रूपमा स्थगित गरिएको जनाएको छ।
बैंकका अनुसार उक्त मितिदेखि ती खातामा बीमा सुविधा उपलब्ध हुने छैन।











