नेपाल राष्ट्र बैंकको इन्स्पेक्सन लगत्तै आजदेखि प्रभु बैंकका सिईओ फोर्स लिभमा

१४ आश्विन २०८३, बुधबार १८:३०

काठमाडौं । प्रभु बैंकका सिईओ सुमन शर्माले इमेलमार्फत आफू फोर्स लिभमा बसेको सूचना बैंकमा पठाएका छन् । स्रोतका अनुसार आज विहान सिईओ शर्माले बैंक प्रशासनलाई इमेलमार्फत आफू आजदेखि फोर्स लिभमा बसेको जानकारी दिएका छन् । उनको मोबाइल अफ छ भने अनलाईन प्लेटफर्महरु पनि हिजैदेखि बन्द गरिएको छ ।

सो सम्बन्धमा जिज्ञाशा राख्दा सूचना अधिकारी रविन्द्र ढकालले रविन्द्र ढकालले नेपाल राष्ट्र बैंकबाट इन्स्पेक्सन आएको आफूलाई थाहा नभएको र सिईओ सर फोर्स लिभमा बस्नु भएको जानकारी दिए ।  यसअघि बैंकका कर्जा हिनामिनाको आरोपमा सिईओ अशोक शेरचनसहितका उच्च तहका अधिकारीहरुलाई सिआईबीले पक्राउ गरेर कारवाहीमा परेर बाहिरिएका थिए ।

अहिलेका नयाँ सिईओलाई के आपत आईपर्यो र त्यसरी इमेलमार्फत फोर्स लिभमा बस्नु पर्यो भन्ने खुल्न सकेको छैन । सिईओ शर्माबारे जिज्ञाशा राख्दा बैंक प्रशासनले कुनै जवाफ दिन सकेन स्रोतका अनुसार हिजो नेपाल राष्ट्र बैंकका एक अधिकारी सुपरिवेक्षणका लागि प्रभु बैंकमा पुगेको दावी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*