पोखरा फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने

काठमाडौं। पोखरा फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको बिक्रीमा रहेको शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाका लागि सात दिनको समय दिएको छ।
फाइनान्सका संस्थापक सेयरधनी मनबहादुर गुरुङले आफ्नो नाममा रहेको १ लाख ६६ हजार ९६.१४ कित्ता र नारायणबाबु लोहोनीले स्वामित्वमा रहेको ५७ हजार ५११.१७ कित्ता संस्थापक सेयर बिक्रीका लागि सञ्चालक समितिसमक्ष निवेदन दिएका थिए।
नेपाल राष्ट्र बैंकको नीति–निर्देशन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार फाइनान्सले इच्छुक संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि ३५ दिनको समय दिँदै सूचना जारी गरेको थियो।
तर तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिदका लागि पर्याप्त आवेदन नपरेपछि बिक्री हुन बाँकी सेयर अन्य इच्छुक व्यक्ति तथा संस्थाले खरिद गर्न सक्ने व्यवस्था गरिएको हो।











