शेयर बजार हरीयाली छाँउदा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१५ आश्विन २०८३, बिहीबार १५:०३

काठमाडौं । सरकारले सकारात्मक आश देखाएपछि शेयर बजारमा लगानीकर्ताहरुमा उत्साह जागेको छ । आज शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ ।
शेयर बजारमा पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरुमा सकारात्मक आश पलाएको छ।
आज सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, अपी पावर, हाथवे इन्भेष्टमेन्ट, घलेम्दी हाईड्रोपावर, एसवाई प्यानल, पिपुल्स हाईड्रोपावर, रिलायन्स स्पिङ्ग मिल्स, लक्ष्मी सनराईज बैंक र हिमाल दोलखा पावरको सर्वाधिक कारोबार भएको छ।












