बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । आज बजार अन्तिम समयमा ०.२६ अकंले बढेर २५९९.१५ बिन्दुमा कायम भएको छ । बिहिबार ३५३ कम्पनीको १ करोड २० लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो ।
आज १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयरको शेयर मूल्य स्थिर रहेको हो ।
सिन्धु विकास बैंकको १०.८१ प्रतिशत, कर्पोरेट विकास बैंकको ९.३५ प्रतिशत, इमर्जिङ नेपालको ७.७१ प्रतिशत, माथिल्लो मैलुङको ७.५८ प्रतिशतले शेयर मूल्य बढेको छ ।











