शुक्रबार यी १० कम्पनीको शेयर सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.९० अकंले घटेर २५८७.२५ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोडको कारोबार भएको हो ।
शुक्रबार ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन एनएमबि डिबेञ्चरको १४.२९ प्रतिशत, एसबिएल डिबेञ्चरको ८.८० प्रतिशत, माण्डु हाइड्रोपावरको ५.४५ प्रतिशतले शेयर मूल्य बढेको हो ।











