नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

१६ आश्विन २०८३, शुक्रबार १७:५१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । विकास हाइड्रोपावर र सिटिजन्स बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै दुवै कम्पनीको मूल्य समायोजन गरेको हो ।

विकास हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् ५६१ रुपैयाँको आधारमा ५१० रुपैयाँ मूल्यमा समायोजन भएको हो ।

त्यस्तै, सिटिजन्स बैंकको ३.८० प्रतिशत बोनस सेयर वितरणपश्चात् २११ रुपैयाँको आधारमा २०३।२८ रुपैयाँ कायम भएको छ ।

अब सोमबार दुवै कम्पनीको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*