बार्षिक प्रतिवेदन पेश नगर्ने ११ कम्पनीको शेयर कारोबार रोक्का

२९ माघ २०७७, बिहीबार १७:०६

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात् नेपाल स्टक एक्सचेञ्जले ११ कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको छ । नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बीमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबारमा रोक्का गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ भने बीमा कम्पनी तर्फ गुराँस लाइफ इन्स्यारेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ ।

त्यस्तै हाइड्रोपावर कम्पनीतर्फ नेशनल हाइड्रोडेभलपर लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर, पाँचथर पावर हाइड्रोपावर र राधी विद्युत् कम्पनीको सेयर कारोबार नेप्सेद्धारा रोक्का गरिएको छ । साथै युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर र युनियन हाइड्रोपावर कम्पनीको समेत सेयर कारोबार नेप्सेले रोक्का गरिदिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका कामु सहायक प्रबन्धकका अनुसार यी ११ कम्पनीहरुले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन बोर्डमा अझैसम्म यी कम्पनीहरुले पेश नगरेको र नेप्सेमा तथा बोर्डमा वार्षिक प्रतिवेदन पेश नगरेका कारण यी कम्पनीहरुको सेयर कारोबारमा रोक्का गरिएको सहायक प्रबन्धकले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*