निफ्राको २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत, आइतबारदेखि कारोबार हुने

२९ माघ २०७७, बिहीबार १७:३२

काठमाडौं । नेपाल पूर्वाधार बैंकको कूल २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । कूल २० अर्ब चुक्ता पुँजि रहेको कम्पनीमा १२ अर्ब रुपैयाँ संस्थापक शेयरधनीहरु रहेका छन् भने आठ अर्ब रुपैयाँका करिब १५ लाख जना सर्वसाधारणको शेयर रहेको छ ।

नेप्सेले आइतबारदेखि निफ्राको शेयर दोस्रो बजारमा किनबेच हुने जनाएको छ । पूर्वाधार बैंकको सम्पत्ति मूल्याङ्कनको आधारमा प्रतिकित्ता ११३ रुपैयाँ ६२ पैसा देखि ३४० रुपैयाँ ८६ पैसा रुपैयाँसम्म खरिद बिक्री गर्न पाउने गरी नेप्सेले मूल्य तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*