सिद्धार्थ बैंकमा खाता खोल्दा बीमा सुविधा पाइने, डिम्याट र सिआश्वा निःशुल्क

३ फाल्गुन २०७७, सोमबार १६:१६

काठमाडौं । सिद्धार्थ बैंकले युवावर्ग तथा नयाँ पुस्तालाई लक्षित गर्दै बीमा सुविधा सहितको ‘जेन–जेड’ बचत खाता संचालनमा ल्याएको छ ।
२५ वर्ष भन्दा मुनिका अर्थात् सो सरहका व्यक्तिहरुले शून्य मौज्दातमै उक्त नयाँ विशेषतासहितको खाताा खोल्न सकिने बैंकले जनाएको छ ।
बैंकले आफ्ना ग्राहकवर्गलाई विभिन्न सेवा सुविधा दिने क्रममा यो ‘जेन–जेड’ बचत खाता पनि ग्राहकका परिवारमा रहेका सन् १९९५ पछि जन्मेका सदस्यहरुको लागि दिइएको सेवा बचत खाता भएको जनाएको छ ।

बैंकका अनुसार खाता अनलाइनमार्फत पनि खोल्न सकिने छ । आकर्षक ब्याजदर सुविधा रहेको यो बचत खाता प्रिमियम बचत खाताको रुपमा बैंकले विश्लेषण गरेको छ ।

‘जेन–जेड’ खातामा ५ लाखसम्मको बीमा सुविधा पनि रहेको बैंकले जनाएको छ । जसमा पूर्ण शारीरिक अशक्तता र दुर्घटना मृत्यु बीमा सुविधा समेत प्रदान गरिने छ । बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकको खातामा न्युन्तम १० हजार रुपैँया हुनुपर्ने बैंकले जनाएको छ ।
यस बचत खातामा ग्राहकले पहिलो दुई वर्षका लागि निःशुल्क डेबिट कार्ड, इन्टरनेट र मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर र सिआस्बाको सुविधा पाउने बैंकले जनाएको छ ।

त्यस्तै, उक्त खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुट र सिद्धार्थ बैंक स्मार्ट एपमार्फत पहिलो रिचार्ज गर्दा ५ प्रतिशतसम्म छुटको सुविधा रहेको बैंकले जनाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*