प्रभु बैंकद्धारा भानुभक्त मा.बि. सिन्धुलीलाई कम्प्युटर सहयोग

७ फाल्गुन २०७७, शुक्रबार ११:५९

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सिन्धुली स्थित भानुभक्त माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरेको छ ।

बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको हो ।

मिति २०७७÷११÷०४ गतेका दिन भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक समारोहमा प्रभु बैंक लि. का नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरलले भानुभक्त माध्यमिक विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

कार्यक्रममा माननीयद्धय श्री शशि श्रेष्ठज्यू र श्री लिलामणी पोखरेलज्यूको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रभु बैंक लि. द्धारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट भानुभक्त माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा आफ्नो सामाजिक क्रियाकलापलाई निरन्तरताको लागि बैंक प्रतिबद्ध रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*