लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता

१० फाल्गुन २०७७, सोमबार १०:५५

 

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच सम्झौता भएको छ ।
बैंक र रेमिट्यान्स प्रा. लि. बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले इजीलिंक रेमिट्यान्स प्रा. लि. को नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरु मार्फत भुक्तनी लिन सक्नेछन् । साथै स्वदेश तथा विदेशबाट इजीलिंक रेमिट्यान्स मार्फंत पठाएको पैसा ग्राहकहरुले लुम्बिनी विकास बैंकको जुनसुकै आफ्नो नजिक अर्थात पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानि लिन सक्ने बताएको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी र इजीलिंक रेमिट्यान्स प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री डोल प्रसाद अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् । “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ वटा ए. टि. एम का साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र एबीबीएस, मोबाइल बैकिङ, एटिएम लकर लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७० हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*