महिला लघुवित्तको आईपीओ यहि साता बाँडफाँड

११ फाल्गुन २०७७, मंगलवार ११:२९

काठमाण्डौ । केही साताअघि आईपीओ निष्काशन गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि साता भित्र आईपीओ बाँडफाँड गर्ने भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार यहि साताको अन्त्यतिर शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ बाँडफाँड हुने सम्भावना रहेको जनाएको हो ।

महिला लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ कित्ताका दरले कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन् ।

मागभन्दा ६० गुणा बढि आवेदन परेकाले गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*