सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा चैत्र २३ गते, बुकक्लोज हुँदै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १६ औं बार्षिक साधारणसभा यही चैत्र २३ गते हुने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै साधारणसभाको मिति घोषणा गरेको हो ।
सो साधारणसभामा आर्थिक वर्ष २०७६।०७७ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने जनाएको छ ।
बैंकले चैत २३ गते, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा विहान १०ः०० बजे १६ औं वार्षिक साधारण सभा आह्वान गरिएको छ । साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ । साथै साधारणसभामा एजेण्डाको रुपमा अन्य कुनै उपयुक्त लागेको बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नियमावली तथा प्रबन्धपत्रमा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गर्ने लगायतका प्रस्तावहरु राखिएको छ ।
चैत १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति घोषणा गर्दै बुक क्लोज मिति समेत तय गरेको छ । साधारण सभा प्रयोजनार्थ बैंकले चैत १० गतेदेखि २३ गतेसम्म बुकक्लोज हुनेछ । चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएकोछ ।
चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ रहेको बैंकले साधारणसभाबाट ५ प्रतिशत बानेस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ पुग्नेछ ।













