सन्तोष प्रसाईलाई सिईओ बनाउन अनुमति माग्दै नेपाल लाईफ बीमा समितिमा

५ चैत्र २०७७, बिहीबार १२:३६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत सिईओमा नियुक्त भएका सन्तोषराज प्रसाईको फाईल बीमा समितिमा पुगेको छ । केही दिन पहिले बीमा समितिमा दर्ता भएको आवेदनमा डेपुटी सिईओ प्रसाईलाई सिईओमा नियुक्तीका लागि अनुमति माग गरिएको छ ।

प्रसाई बीमा क्षेत्रमा १० वर्षभन्दा बढि काम गरेका अनुभवी मानिन्छन् । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा चार वर्ष अघि प्रवेश गरेका प्रसाई त्यसअघि बीमा समितिमा पूर्व वित्तीय विश्लेषण विभागका प्रमुखका रुपमा कार्यरत थिए ।

बीमा समितिबाट अबको केही दिनमा स्वीकृति आउने जनाइएको छ । यद्यपि प्रसाईका विरुद्धमा बीमा समितिमा एउटा उजुरी भने दर्ता भएको बुझिएको छ । बीमा समितिले २१ दिनभित्र कुनै प्रतिक्रिया नदिएमा स्वतः अनुमति दिएको मानिने बीमा ऐन २०४९ मा व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*