नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

१० चैत्र २०७७, मंगलवार १८:५१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ ।

बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानी कोषका ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।उक्त शेयर खरीद गर्नचैत १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त नेशनल लाइफ इन्स्योरेन्सको न्यूनतम मूल्य ४ सय ६६रुपैयाँ र लगानी कोषको १ हजार ५ सय ४० रुपैयाँ तोकिएको छ । आवेदकले दुवै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*