दुर्ई लाख ६४ हजारले पाउने सिंगटी हाइड्रोपावरको आईपिओमा १५ लाख २३ हजारको आवेदन

१० चैत्र २०७७, मंगलवार २१:४३

काठमाडौं । सिंगटी हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा आवेदन दिने समय आज अपरान्हबाट सकिएको छ । सो कम्पनीका अनुसार मंगलबार अपरान्हसम्ममा १५ लाख २३ हजार ४५० जनाले आवेदन दिएका छन् । बैंकहरुबाट थप प्रमाणिकरण भइ आउने तथ्याङ्क समेत जोड्दा १५ लाख ५० हजार हाराहारीमा उक्त आईपिओमा आवेदन परेको अनुमान गरिएएको छ ।

कम्पनीले निष्काशन गरेको २९ लाख कित्ता शेयर मध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणले पाउने जम्मा २६ लाख ४० हजार कित्ता हो । नेपालको विद्यमान धितोपत्र नियम अनुसार सबैलाई भाग पुगेसम्म न्यूनतम १० कित्ता अनिवार्य छ । गोलाप्रथाको माध्यमबाट दुई लाख ६४ हजार जनाले १० कित्ता आईपिओ पाउनेछन् । सो तथ्याङ्कलाई आधार मान्दा १३ लाख मानिसको हात खाली हुनेछ ।

कम्पनी यही चैत्र ६ गतेदेखि आर्ईपिओ जारी गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*