ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड आज हुँदै

पाँच लाख ९४ हजारले पाउने, १२ लाख बढिको हात खाली
१३ चैत्र २०७७, शुक्रबार १२:०१

काठमाडौं । सबैभन्दा जनाले आईपिओमा आवेदन दिएको ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ अहिले केहीबेरमा बाँडफाँड हुँदैछ । प्रिअलोटमेन्ट प्लान अनुसार कूल पाँच लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने १८ लाख चार हजार ६४८ जना आवेदक मध्ये १२ लाख १० हजार ६४८ जनाको हात खाली हुनेछ । यसको लागि आजै मेगा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड हुँदैछ ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज अपरान्ह १२ः३० बजे शेयर बाँडफाँड सम्बन्धी गोलाप्रथा हुनेछ भने आजै साँझसम्म नतिजा सार्वजनिक हुनेछ ।

हालसम्मको प्रि अलोटमेन्ट प्लान अनुसार आवेदन दिने मध्ये ५ लाख ९४ हजार जनालाई १० कित्ताका दरले ५९ लाख ४० हजार कित्ता शेयर वितरण गरिनेछ । कूल ६६ लाख कित्ता शेयर मध्ये पाँच प्रतिशत कर्मचारी र पाँच प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ५९ लाख४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिनेछ । आईपिओ बाँडफाँड कार्य सम्पन्न भएपछि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब २० करोड पुर्याउने लक्ष्य सफल हुनेछ । आईपिओ बाँडफाँडसँगै बीमा समितिले तोकेको चुक्ता पुँजि पुर्याउन ज्योति लाइफ इन्स्योरेन्स सफल हुनेछ ।

सिडिएससीले मेरो शेयरमार्फत नतिजा हेर्नै सकिने जनाएको छ । सो बाहेक  https://iporesult.cdsc.com.np  बाट हेर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*