ज्योति लाइफको आईपीओ बाँडफाँड सम्पन्न, १२ लाख बढिको हात खाली

१३ चैत्र २०७७, शुक्रबार १४:०२

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आज बाँडफाँड भएको छ ।

कम्पनीले फागुन २१ शुक्रबारदेखि २६ बुधबारसम्म निष्काशन गरेको साधारण सेयर आज १२ः३० बजे कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बाँडफाँड गरेको हो ।

गोलाप्रथाद्धारा गरिएको बाँडफाँडमा ५ लाख ९४ हजार आवेदकले १० कित्ताका दरले आइपीओ हात पारेका छन् । र बाँकी १२ लाख भन्दा बढीको हात खाली भएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओमा १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । जसमध्ये ४४ हजार ६ सय ४५ आवेदन रद्द भएको थियो । र बाँकी १७ लाख ९७ हजार ८ सय ३५ आवेदन मात्र योग्य रहेका थिए ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५९ लाख ४० हजार कित्ता शेयर निष्कासन गरेको थियो । कूल ६६ लाख कित्तामध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता नै म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*