यहि सातादेखि नयाँ आईपीओ आउँदै

१६ चैत्र २०७७, सोमबार ०७:३९

काठमाडौं । लगातार विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा रु रु जलविद्युत आयोजनाले पनि आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले चैत्र २० गते (शुक्रवार) देखि आइपीओ निष्काशन गर्ने भएको हो । अरु कम्पनीहरुको जस्तो यो कम्पनीको शेयर एक सय रुपैयाँ नभएर प्रिमियममा सार्वजनिक हुने भएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा २० रूपैयाँ प्रिमियम जोडेर १२० रूपैयाँ प्रति कित्ताका दरले ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारणले आवदेन दिन सक्नेछन् ।

आईपीओ चैत २० देखि २४ गतेसम्म आवेदन दिन सकिनेछ, यदि मागअनुसारको आवेदन नपरेमा समयावधि लम्ब्याई वैशाख ३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*