तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने

१७ चैत्र २०७७, मंगलवार १३:२४

काठमाडौं । विभिन्न कम्पनिहरुले निरन्तर साधारण शेयर (आइपीओ) निष्कासन गरिरहेको समयमा नयाँ तीन कम्पनिहरुले पनि आइपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएको हो।

जाल्पा सामादायिक लघुवित्त, जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासन गर्ने भएका हुन् ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो भने संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ आईपीओ निष्कासन गर्नेछ जसमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले नै गर्नेछ ।

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

संस्थाको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा भने प्रभु क्यापिट रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*