आईपिओ जारी गर्ने योजनामा काठमाडौं उपत्यका खानेपानी

१८ चैत्र २०७७, बुधबार १४:०७

काठमाडौं । नेपालका हरेक क्षेत्रमा आईपिओ जारी गर्ने प्रचलन बढिरहेको बेला काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल) ले पनि आईपिओ जारी गर्ने चर्चा सुरु भएको छ । केयुकेएलको प्रबन्ध पत्र अनुसार सर्वसाधारणको लागि समेत शेयर जारी गर्नुपर्नेमा हालसम्म औपचारिक कुनै प्रस्ताव वा निर्णय भने भएको छैन ।

प्रबन्ध पत्र तथा नियमावलीमा एक अर्बको चुक्ता पुँजि भएको केयुकेएलले सुन्दरीजलदेखि काठमाडौंसम्म ३४ किमी लामो सुरुङ मार्फत खानेपानी ल्याएर वितरण सुरु गरेको छ । झण्डै ३० अर्बको लागतमा बनेको मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त पानी वितरण गर्ने कम्पनी केयुकेएलले समेत आईपिओ जारी गर्ने भने पनि सो कम्पनीको पुँजि कति कायम गर्ने र अर्बौ रुपैयाँ लगानी भएको कम्पनीको पानी वितरण गर्ने जिम्मेवारी पाएको केयुकेएलको आईपिओ कसरी जारी गरिन्छ त्यो भने प्रतिक्षाकै विषय हुनेछ ।

यद्यपि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले गत सोमबार काठमाडौंमा पानी वितरण गर्न आयोजित कार्यक्रममा आफूहरु छिट्टै आईपिओ जारी गरी पब्लिक कम्पनी बन्ने घोषणा गरेका छन् ।
पछिल्लो तीन आर्थिक वर्षको लेखा परीक्षण गर्दै गरेको कम्पनी लगातार नाफामा देखिए अर्को आर्थिक वर्षमा नै सेयर जारी गर्न पाउनेछ । यद्यपि कम्पनी ठूलो घाटामा रहेकोले तत्काल आईपिओ जारी गर्न पाउँछ वा पाउदैन भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था भने छैन ।

केयूकेएलमा काठमाडौं महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौंका अन्य १६ नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको छ । कम्पनीको प्रबन्धपत्र अनुसार एक अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत सेयर हिस्सा छ । नेपाल चेम्बर अफ कमर्ससहित ४ वटा निजी क्षेत्रका संस्थाहरूको १२ प्रतिशत सेयर हिस्सा छ । केयूकेएलका कर्मचरीको ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर हिस्सा छुट्याइएको छ । बाँकी १५ प्रतिशत सेयर भने सर्वसाधारणलाई दिने प्रबन्धपत्रमा व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*