रुरु जलविद्युतको आइपिओ आजबाट, १० कित्ता भर्न १२ सय चाहिने

२० चैत्र २०७७, शुक्रबार ०६:५०

काठमाण्डौ । एकपछि एक गर्दै विभिन्न्न कम्पनिहरुले साधारण शेयर (आइपिओ) निष्काशन गरिरहेको छ ।

यसैबीच चैत २० गते शुक्रबार यानिकी आजबाट रुरु जलविद्युत आयोजनाले पनि आइपिओ निष्काशन गरेको छ ।
कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको हो।

निष्काशन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। र बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि भने सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

अन्य कम्पनीहरुको जस्तो यो कम्पनीको शेयर एक सय रुपैयाँमा नभएर प्रिमियममा सार्वजनिक हुँदै छ । यो कम्पनीको प्रति शेयर मूल्य १ सय २० रुपैयाँ हुनेछ ।
कम्पनीको शेयरको लागि चैत्र २४ गते सम्म आवेदन दिन सकिने जनाइएको छ ।

सर्वसाधारणको आइपिओप्रती चाख बढने क्रममा यस कम्पनीको शेयरमा केवल १० कित्ता आवेदन दिए पुग्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*