मध्यभोटेकोशीको आईपिओ स्थगित गर्ने निर्णय

२३ बैशाख २०७८, बिहीबार १५:२८

काठमाडौं । कोरोना महामारीको कारण आयोजना प्रभावित क्षेत्रका जनता बाहिर निस्कनै नसक्ने भएपछि स्थानीयबासीलाई यही बैशाख २१ गते मंगलबारदेखि बिक्री खुल्ला गरिएको आईपिओ आजबाट स्थगित गरिएको छ ।

सर्वसाधारणलाई आईपिओ जारी गर्नुअघि मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ जारी गरिएको थियो । कोरोना महामारीका कारण सिन्धुपाल्चोक जिल्लाको स्थानीय प्रशासनले कडाई गर्दै निषेधाज्ञा जारी गरेपछि आईपिओ भर्न समस्या उत्पन्न हुने भएपछि आजदेखि उक्त आईपिओ स्थगित गरिएको मध्यभोटेकोशीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले जानकारी दिए ।

लकडाउनका कारण स्थानीयबासीको लागि वितरण गरिएको आईपिओ प्रभावित भएपछि अब सर्वसाधारणको लागि आईपिओ जारी गर्ने काम समेत पर धकेलिएको छ । स्थानीयबासीको लागि जेठ ४ गतेसम्मको समयसीमा तोकेर आईपिओ निष्काशन गरिएकोमा जेठको दोस्रो सातासम्ममा सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने तयारी गरिएको थियो । अब उक्त आईपिओ ढिलाई हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*