लकडाउनमा सुनको मूल्य बढोत्तरी, कारोबार भने ठप्प

२७ बैशाख २०७८, सोमबार ११:५१

काठमाडौं । लकडाउनको अवधिमा सुनको मूल्य लगातार रुपमा बढेर आकाशिएको छ । कोरोना महामारीको कारण सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा निषेधाज्ञा गरेको थियो । निषेधाज्ञा अवधिमा कारोबार ठप्प भएपनि सुनचाँदीको मूल्य भने बढ्दै गएको हो ।

आज वैशाख २७ गते सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् वैशाख २६ गतेपनि सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्दा प्रतितोला ९१ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

सोमबार सुनसँगै चाँदीको मूल्य पनि बृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा झरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*