यी हुन् आजका सर्वाधिक कारोबार हुने कम्पनी, कसको कारोबार कति ?

१३ जेष्ठ २०७८, बिहीबार १५:२१

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सर्वाधिक कारोवार हुने कम्पनीहरुको माथिल्लो सूचिमा जलविद्युत कम्पनी पर्न सफल भएका छन् । बिहिवार अपि पावरको ४३ करोड २८ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आजको सबैभन्दा उच्च कारोबार हो ।

त्यस्तै दोस्रो उच्च कारोबार हुने सूचिमा अरुण कावेली जलविद्युत कम्पनी परेको छ । सो कम्पनीको एकै दिन ३७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनीको ३७ करोड तीन लाख रुपैयाँको कारोबार भएको छ । बिहिवार उच्च कारोबार हुने चौथो नम्वरमा परेको युनाइटेड मोदी जलविद्युत कम्पनीको ३५ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनी आज कारोबार रकमको आधारमा पाँचौ नम्वरमा छ । सो कम्पनीको ३० करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै सानिमा माइ हाइड्रोपावर र नेशनल हाइड्रोपावरको क्रमशः २७ करोड र २५ करोड रुपैयाँको कारोबार भएको छ ।
बुटवल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर दुवैको २५ करोडको दरले शेयर कारोबार भएको छ । शीर्ष १० कम्पनीको छिमेक लघुवित्त वित्तीय संस्था परेको छ । सो कम्पनीको २२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*