मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनका लागि गर्न बोर्डले दियो अनुमति

९ असार २०७८, बुधबार ०७:३१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमित दिएको हो ।
ज्योति विकास बैंकलाई जेठ २७ गते १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गने बोर्डले अनुमति दिएको हो ।

बैंकले १५ लाख कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकि ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मका लागि ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंैकको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडरुपैयाँ बरावरको १२ लाख ५० हजार ऋणपत्र निष्काशन गर्न आज बोर्डबाट अनुमति पाएको हो ।बैंकले जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।
कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*