नौकुण्ड गाउँपालिकाका किसानलाई ग्लोबल आइएमईले सहुलियतपूर्ण कर्जा दिने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नौकुण्ड गाउँपालिकाका किसानलाई कृषि अनुदान कर्जामा पहुच पुराउनको लागि बाख्रापालन, दुध डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा फलफुल उत्पादन गर्न सहुलियतपूर्ण कर्जा दिने गरी समझदारी भएको छ ।
कृषि अनुदान कर्जामा किसानको पहुच पुराउने उद्देश्यले भएको समझदारी पत्रमा बैंकका तर्फबाट नौकुण्ठका शाखा प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्ब स्याङ्बो घलेले हस्ताक्षर गरेका हुन ।
उक्त समझदारी पत्रका अनुसार गाउँपालिकाको सिफारिसमा सो गाउँपालिकाका साना किसानलाई आवश्यक ऋण तथा तालिम दिने छ ।
ग्लोबल आइएमई बैंकको नेपालका ७६ जिल्लामा २ सय ७३ शाखा, २ सय ४२ एटिएम, २ सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ् सेवा उपलब्ध गराउदै आएको छ ।













