आरबिबि म्युचुअल फण्ड १ को इकाईमा आवदेन दिने आज अन्तिम दिन

२७ असार २०७८, आईतवार ११:३६

काठमाडौं । आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले ल्याएको आरबिबि म्युचुअल फण्ड १ इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । यो एक बन्दमुखी योजना हो ।

मर्चेन्टले असार २३ गतेदेखि असार २७ गतेसम्म आवेदन अवधि तोकेको थियो जसअनुसार आज अन्तिम दिन रहेको छ ।

मर्चेन्टले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याइएको हो ।

सात वर्षे अवधि रहेको सो फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सकिने बैकिङ्गले जनाएको छ ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*