यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । फागुन ८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रोकियो केयूकेएलको सीईओ नियुक्ति, को-को हुन् २ करोड घुस बाँडेर खान खोज्ने ?
काठमाडौं । केयूकेएल सञ्चालक समिति सदस्यहरूमाथि ‘एडभान्समा’ लिएको आरोप लागेपछि खानेपानी मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया स्थगित गरेको छ । रिक्त सीईओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न गठित सीईओ छनोट सिफारिस...
समाज लघुवित्तको सकारात्मक यात्रामा ब्रेक, कुनले कति गुमाए ?
काठमाडौँ । आइतबार दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८१ अकंले घटेर १९७९.०२ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब...
बजार घट्दा समेत आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । आज बजार दोहोरो अकंले घटेको छ । बजार निरन्तर ओरालो लागेसँगै आज परिसूचक र कारोबार ओरालो लागेको हो । आइतबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु)को सेयरमा सकारात्मक सर्किट लागेको हो...
सन नेपाल लाइफमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । आइतबार समेत बजार दोहोरो अकंले घटेको छ । बजार निरन्तर ६ दिन ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । सन नेपाल लाइफले २३.८० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, बोनस शेयर पश्चात १ः०.२७...
पछिल्ला ६ दिनमा बजार ९७ अकंले घट्यो, परिसूचक १९ सय बिन्दुमा, निराश बन्दै लगानीकर्ता
काठमाडौँ । साताको पहिलो दिन समेत राताम्य यात्राले निरन्तरता पाएको छ । बजार लगातार छैटो दिन समेत ओरालो लागेको हो । बजार पछिल्ला ९७.४६ अकंले मार्केट घटेको हो । बजार घट्दै जाँदा आम लगानीकर्ताको मनोविज्ञान थप कमजोर हुने भएकाले...
२६ बैंकलाई पछाडि पार्दै कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता
काठमाडौँ । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । “स्वस्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ मिति २०८० फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता...
झलनाथ खनाल पुगे मिटरब्याज पीडितहरुको आन्दोलनमा
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरुको आन्दोलनमा पुगेका छन् । खनाल आन्दोलनलाई समर्थन जनाउन काठमाडौँको भृकुटीमण्डममा पुगेका हुन् । गत बुधबार २३ दिन पैदल यात्रा गरेर मिटरब्याज पीडित काठमाडौँ आइपुगेका...
इलाममा आगामी बैशाख १५ गते उपनिर्वाचन हुने
काठमाडौँ । निर्वाचन आयोगले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय लिएको हो। इलाम–२...
एक हजार दरको ६ थान नक्कली नोटसहित २ जना पक्राउ
काठमाडौँ । १ हजार दरको ६ थान नक्कली नोटसहित २ जना पक्राउ परेका छन्। रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाईबा रहेका हुन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १...
सरकारले बोलायो आन्दोलनरत मिटरब्याज पीडितलाई वार्तामा
काठमाडौँ। सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरुलाई वार्तामा आउन आग्रह गरेको छ । गृह मन्त्रालयले आज वार्ताका लागि पत्र पठाएको हो । मिटरब्याज पीडितहरुले अहिले काठमाडौं केन्द्रीत प्रदर्शन गरिरहेका छन् । उनीहरु २३ दिन हिँडेर काठमाडौं आइपुगेका थिए । गृहले बढीमा...
मनरासिस्वा नगरपालिकासँग बीमा अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकासँग फागुन ११ गते पालिकाको सभाहलमा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुशुम शर्मा, नगर प्रमुख मोहन पाण्डेय, नगर उपप्रमुख...
वायुसेवा निगमको ट्विनअटर विमान खरिद प्रक्रियामा १८ करोड रुपैयाँ कमिसन खाने खेल भयोः सांसद खतिवडा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती नेपाल एयरलाइन्सको सुधार गर्नभन्दा पनि कार्यालय सफा गरेको भिडियो बनाएर लागेको बताएका छन् । संसदको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मन्त्रीज्यू सुधार...
कुनै पनि बैंक डुब्ने अवस्थामा छैन, डराउनु पर्दैन: बैंकर्स संघका अध्यक्ष केसी
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग...
किसानका तममा समस्यामा सरकार टुलुटुलु हेरेर बसेको छः सांसद ढकाल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले पशु पालक किसानका समस्या समाधान गर्न नसकेको बताएका छन् । आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद ढकालले किसानका तममा समस्यामा सरकार टुलुटुलु हेरेर बसेको...
सर्वोत्तम सिमेन्टको ७३ प्रतिशत कित्ता सेयर स्थानियद्धारा बहिस्कार, सर्वसाधारणले के गर्लान् ?
काठमाडौँ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ बिधिबाट आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बहिस्कार भएको छ । प्रतिकित्ता १०० रुपैयाँमा आइपीओ भर्दै आइरहेका स्थानियले सर्वाेत्तमले ३६० रुपैयाँ १० पैसामा निष्कासनमा ल्याएपछि ७३.२८ प्रतिशत कित्ता सेयर बहिस्कार गरेका हुन् ।...
जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने
काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही...
लघुवित्त पीडित गुनासो सुन्ने निकायमा नआई सडकमा किन गए?: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यदी लघुवित्तमा समस्या नै हो भने आफूहरू सम्बोधन गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । काठमाडौंमा आयोजित फिनटेक छलफल कार्यक्रममा वक्ताका रूपमा उपस्थित हुँदै गभर्नर अधिकारीले प्रक्रियाअनुसार गुनासो सम्बोधन गर्ने निकायमा...
बढ्यो सुनको मूल्य, चाँदी कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज तोलामा ५०० रुपैयाँले बढेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको...
उजुरी र मुद्दैमुद्दाका बीच अघि बढ्यो सर्वोत्तम सिमेन्टको आईपिओ, १८ हजार तिरेर भर्ने कि नभर्ने ?
काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपिओ जारी गर्न सुरु भएको छ । सर्वसाधारणको लागि सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६०।९० रुपैयाँका दरले बुक बिल्डिङमा आईपिओमा आवेदन आह्वान गरेको हो । तर, लगानीकर्ताहरु सर्वोत्तम सिमेन्टको आईपिओ भर्ने कि नभर्ने...



















