एनआईसी एशिया लघुवित्तकी सञ्चालक सन्जु अधिकारीको राजिनामा स्वीकृत
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक सन्जु अधिकारीको राजिनामा स्वीकृुत गरेको छ । कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा भदौ २२ गतेदेखि लागुहुने गरी स्वीकृत गरेको हो ।
ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
ज्योति क्यापिटलको साधारण सभा सम्पन्न भएको छ । सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १०।५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले गत...
टीभीएसले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्दै
काठमाडौं । टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गइरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब सार्वजनिक गर्ने भएको छ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले...
सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ?
काठमाडौं । सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आज गत आर्थिक वर्ष २०७८।७९ को बीमालेखहरुको बोनसदर घोषणा गरेको हो । कम्पनीले आज सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक जीवन बीमा योजना (रेगुलर)मा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि...
प्रभु बैंकको १४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकले १४ लाख १६ हजार ७६३ कित्ता संस्थाप शेयर बिक्रीमा राखिएको छ । ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।...
प्रभु बैंकबाट १४८ जना कर्मचारी बाहिरिए
प्रभु बैंकबाट१४८ जना कर्मचारी बाहिरिएका छन् । बैंकले कर्मचारी कटौति गर्ने उदेश्यले ल्याएको स्वेच्छिक अवकाश योजनामा १४८ जना कर्मचारी सहभागी भएका हुन् । म्यानेजर तहदेखि माथिका १४ जना कर्मचारीले जागिर छाडेका हुन् । जसमा दुई जना उच्च व्यवस्थापनमा कार्यरत...
एनआईसी एशिया डाइनामिक डेप्ट फण्डद्धारा आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण सुरु
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। गत आर्थिक वर्षका लागि कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको यस फण्डले भदौ १७ गतेदेखि इकाईधनीहरुको हितग्राही खातामा...
शेयर बजारको गिरावट अस्थायी हो, अर्थतन्त्रमा सुधार आएसँगै बजार पनि बढ्ने अर्थमन्त्रीको दाबी
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको तथ्यलाई पुष्टि गर्ने यथेष्ट संकेतहरु देखिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै महतले अहिले रेमिट्यान्स बढेको, पर्यटकको संख्या बढेको लगायतका कारण विदेशी मुद्रा सञ्चिति पनि बढेको...
एक वाणिज्य बैंकसहित १५ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् । हालसम्म १५ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमा एक वाणिज्य बैंक, तीन वटा क्यापिटल र ११ वटा म्युचुअल फण्ड रहेका छन् । बाणिज्य बैंकहरुमध्ये...
फोनपे र एनआईपीयलले नेपाल र भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सुचारु गर्ने
काठमाडौं । नेपालको फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीयलद्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ । फोनपे र एनआईपीयल बीचको यस सहकार्यले दुबै राष्ट्रका...
मानव सेवा आश्रम गोरखालाई एभरेष्ट बैंकद्वारा ५ लाख रुपैयाँ सहयोग
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गोरखामा एक विशेष कार्यक्रमको आयोजना गदैै मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई ५ लाखको चेक...
अब कम्पनीले शेयर निष्काशन गर्न बोर्ड धाउन नपर्ने, विद्युतिय माध्यमबाटै निवेदन पेश गर्न सकिने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (सातौै संशोधन) नियमावली, २०८० मा प्राथमिक शेयर निष्काशनको लागि आवश्यक कागजात विद्युतिय माध्यमबाट पेश गर्न सकिने व्यवस्था गरेको छ । बोर्डले उक्त नियमावलीको नियम ४७ मा ४७ (क) थपेर यस्तो...
हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको १ करोड २० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीको जेठ २२ गतेदेखि असार २५ गतेसम्म् निष्काशन गरेको ७५ प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।...
काठमाडौं महानगरले दियो वडाध्यक्ष रिजालको निधनमा शोक बिदा
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका– १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो । काठमाडौं महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै उनको निधनमा भोलि शुक्रबार महानगरपालिका...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार आज २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेसँगै बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ...
२८ अंकले घट्यो नेप्से, २०३ कम्पनीको शेयरमूल्यमा गिरावट
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ३७ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ९ लाख २० हजारको कारोबार भएको...
शुभम पावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार आज २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि शुभम पावर लिमिटेडको शेयरमूल्यमा सरकारात्मक सर्किट...
लिवर्टी इनर्जीको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । नेप्से ३० अंकले ओरालो लाग्दा लिवर्टी इनर्जीको सर्वाधिक शेयर खरिदबिक्री भएको छ।लाभांश खाने सिजनमा शेयर बजारमा देखिनुपर्ने सुधार नदेखिएको कारण लगानीकर्ताहरु चिन्तामा छन् । आज लिवर्टीको ६ करोड माथिको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टि होटल,...
किन हुन्छ पोलिसी सरेण्डर ? सरेण्डर दर बढ्दा बीमा क्षेत्रमा कस्तो असर पर्छ ?
काठमाडौं । नेपाली बीमा बजारमा पोलिसी सरेण्डर (समर्पण÷त्याग) गर्ने दर बढ्दै गएको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा नै १ अर्ब २८ करोड रुपैयाँ बराबरको ९ हजार ७ सय ७९ वटा पोलिसी सरेण्डर भएको नियामक बीमा प्राधिकरणले जनाएको...
निर्जीवन बीमा कम्पनीहरुको पुनर्बीमा कमिशन आम्दानी साढे ४ अर्बमाथि, आधाको घट्दा कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा चार अर्ब ५४ करोड रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ४४ प्रतिशतले कम हो । कम्पनीहरुले अघिल्लो...




















