प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ । चितवनमा साउन १४, १५, १६ र १७ गते गरी ४ दिन विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८२/८३ को...


अनलाइन बजारमा नक्कली वस्तुको बिगबिगी, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

काठमाडौँ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी शङ्कास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेका विभिन्न प्रकारका मसिनो तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु...


पाँच बैंकिङ कसुरका फरार अभियुक्त काठमाडौंबाट पक्राउ

काठमाडौं । पाँच वटा बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ का ३३ वर्षीय अन्जन भट्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको कार्यालयका...


आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साउन १५ गते शुक्रवार होटेल याक एण्ड यतीमा एक भव्य समारोह बीच आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न भएको छ । कम्पनीमा आवद्ध भई दिन रात एक गरी कार्य गर्ने...


स्मार्ट टेलिकम घोटालामा तत्कालीन मन्त्री जगदीश खरेलमाथि अझै भएन अनुसन्धान

काठमाडौं । स्मार्ट टेलिकमको अनुमतिपत्र रद्द भएपछि सरकारी नियन्त्रणमा आइसकेको अर्बाैं रुपैयाँको सम्पत्ति तथा पूर्वाधार अवैध लिलामी तथा खरीदबिक्री गरेको घटनामा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् उनीमाथि अनुसन्धान अघि बढेको छ । उनलाई बिहीबार साँझ नेपाल...


लघुवित्तपीडितले भने– ‘सरकारसँग भएको सहमति स्वीकार्य छैन’

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलनले सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच भएको सहमति आफूहरूलाई स्वीकार्य नभएको जनाएको छ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका नेताहरूले पाँच वर्षदेखि निरन्तर आन्दोलनरत वास्तविक पीडितलाई बेवास्ता गर्दै अर्को...


अमेरिका जान अब महँगो, भिसाका लागि ३० लाख रुपैयाँसम्म धरौटी अनिवार्य

काठमाडौँ । अमेरिकी सरकारले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक तथा व्यावसायिक भिसा आवेदनमा धरौटी (भिसा बन्ड) अनिवार्य गर्ने नयाँ व्यवस्था लागू गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै धरौटी रकम अधिकतम २० हजार अमेरिकी डलरसम्म...


सीएनआई युवा उद्यमी मञ्चको साधारण सभा सम्पन्न, सुगम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो आठौँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। शुक्रवार काठमाडौँको होटेल र्याडिसनमा देशका प्रतिष्ठित व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू, उद्योगपतिहरू तथा युवा उद्यमीहरूको  उपस्थिति सभा सम्पन्न भएको हो...


अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनाम सरकारद्वारा सम्मानित

काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनाम सरकारले सम्मान गरेको छ । उनलाई भियतनामको परराष्ट्र मन्त्रालयले ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट सम्मान गरेको हो । नेपाल–भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै...


सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। १०...


करदाता प्रोत्साहन कार्यक्रम सञ्चालनमा, दैनिक एक लाखदेखि पाक्षिक १० लाखसम्म जित्ने मौका

काठमाडौं । कर सहभागिता बढाउन र वास्तविक बिल लिने बानीको विकास गराउन आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको छ । विभागले यसका लागि गत साउन १ गतेदेखि १०० रुपैयाँभन्दा बढीको नगद भुक्तानी गरी सामान किनेको बिल...


राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक, पूर्वसीईओ शेरचनलाई ५ लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको निष्कर्ष निकाल्दै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकमाथि फरक–फरक प्रकृतिको कारबाही गरेको छ। निर्देशन पालना नगरेका कारण राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पहिलो पटक सचेत...


नेष्डो समृद्ध लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक, सहायक प्रथम र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सहायक श्रेणीको उक्त तीनवटै पदमा केही संख्यामा स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो । वरिष्ठ...


सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन समर्पित इजलास गठन गर्न माग

काठमाडौं । सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका समस्या...


गोलबजारमा कर्फ्यू खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू खुकुलो बनाएको छ । प्रशासनले सुरक्षा अवस्थाको विश्लेषण गर्दै आज साउन १७ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यू खुकुलो गर्ने निर्णय गरेको हो । सुनसरीमा...


ललितपुरका तीनजना नासु र दुई लेखापढी व्यवसायी घुस सहित होटलबाट पक्राउ

काठमाडौं । भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका तीन जना नायब सुब्बा र दुई जना लेखापढी व्यवसायी घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको...


गोठाटारमा काठको गोदाममा आगलागी, १४ सटरमा क्षति

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति काठको गोदाममा आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ । प्रहरीका अनुसार राति करिब ९ः१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामबाट आगो लाग्न शुरु भएको थियो...


डडेल्धुराको अजयमेरुका ७ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति, डडेल्धुराले अजयमेरु गाउँपालिका–२ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार लामो समयदेखि जग्गा उपभोग गर्दै आएका अव्यवस्थित बसोबासी...


कुमारी बैंकको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमा नै रहने भएकाले हाल उक्त शेयर...


सप्तरीमा कर्फ्यू चार घण्टा खुकुलो, बिहान ७ देखि ११ बजेसम्म किनमेल गर्न पाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रका तोकिएका स्थानमा जारी कर्फ्यू आदेश चार घण्टाका लागि खुकुलो बनाएको छ । जिल्ला सुरक्षा समितिको २०८३ साउन १७ गते बसेको बैठकको निर्णयअनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म...