नेपाल शेयरधनी संघको दोस्रो साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल शेयरधनी संघको दोस्रो साधारण सभा मंसिर १९ गते ललितपुरको गोदावरीमा सम्पन्न भएको छ। संघका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष ०८०।८१ को बजेट तथा लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष ०८१।८२ को अनुमानित...
गार्डियन माइक्रो लाइफको आइपीओमा २४ करोड रुपैयाँ संकलन, मागभन्दा १०.६८ गुणाबढी आवेदन
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २४ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (पुष १ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार २१...
नेपाल लाइफ स्वतन्त्र कर्मचारी युनियनको २० सदस्यीय कार्य समिति चयन, अध्यक्षमा लामा
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र कर्मचारी युनियनको अध्यक्ष पदमा कर्मालाल लामा योन्जन सर्वसम्मत रुपमा चयन भएका छन् । भक्तपुरमा आइतबार सम्पन्न भएको सातौं महाधिवेशनले योन्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशले कार्य समितिको उपाध्यक्षमा...
धौलागिरी लघुवित्तका शेयरधनीहरुको हात रित्तो
काठमाडौँ । धौलागिरी लघुवित्तले लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको सञ्चालक समितिको मंसिर २९ गते बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैठकले...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने...
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा
काठमडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनी हाल कायम चुक्ता पूँजीको आधारमा कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको पुस १ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो घोषणा गरेको हो । घोषित लाभांशमध्ये...
शिवम् सिमेन्टको लाभांश प्रस्ताव, साधारणसभा पनि आह्वान
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ८.५५ प्रतिशत बोनस शेयर र ०.४५...
नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन्। कम्पनीको मंसिर २८ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा अर्याललाई ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने...
सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा छुट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने भएको छ। कम्पनीले पुस १ गतेदेखि पुस २६ गतेसम्म बीमालेख नवीकरण गराउँदा बीमितलाई ७५ प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेको हो। यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक...
ईङवा हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बोलाएको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि...
कालीमाटीमा तरकारीः गोलभेडा ४०, काउली ९० र इस्कुस २५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी तरकारी बजारमा पुस १ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ४० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र कन्य च्याउ १६० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। कालीमाटी...
सामाजिक बीमा आजको आवश्यकता
अहिलेका बीमा कम्पनीहरू व्यापारिक भएकाले बढी नाफामुखी छन् । उद्गमबाट हेर्ने हो भने बीमा नाफा कमाउने क्षेत्र होइन । जब बीमा लाई व्यापारको विषय बनाएर नाफा कमाउने क्षेत्रका रूपमा लिइयो, त्यसले विकृतिहरू भित्र्याएको छ । पृष्ठभूमि विसं १९९४ मा...
एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद लम्बियो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएको छ। कम्पनीले गत मंसिर ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरिरहेको छ। यसमा कात्तिक २६ गतेसम्म...
पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेल सस्तियो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएर डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर दुई रुपैयाँले महँगो भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको...
विदेशी मुद्राको विनिमयदरः युरो, रियाल र कुवेती दिनारको मूल्य बढ्यो, अष्ट्रेलियन र सिङ्गापुर डलर सस्तियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार र बहराइन दिनारको भाउ बढेको छ भने युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्य...
सानिमा माई हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले तह्रौं वार्षिक साधारणसभा पुस २८ गते आइतबार बोलाएको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि सभा बोलाएको हो। सभामा चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस...
न्यादी हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले सत्रौं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार बोलाएको छ। कम्पनीको सञ्चालक समितिले काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको...
‘ग्राहकको दैनिकिको सारथी सिटिजन्स बैंकको ‘भर्चुअल क्रेडिट कार्ड’, मोबाइलबाटै देशै भर चलाउन सकिने’
सिटिजन्स बैंक नेपालका प्रमुख बैंकिङ संस्थाहरू मध्ये एक आफ्नो ग्राहक केन्द्रित योजनाहरू र गुणस्तरीय बैंकिङ सेवाका लागि प्रख्यात छ । यस बैंकले ग्राहकहरूको आवश्यकता र सुविधा ध्यानमा राख्दै निरन्तर नवप्रवर्तन र सुधारका प्रयासहरू गर्दै आएको छ । बैंकिङ सेवालाई...
ज्योति समूहको नयाँ अध्याय: अब ‘पद्म ज्योति समूह’
काठमाडौँ । ज्योति समूहले आइतबार आफ्नो नाम परिवर्तन गरी ‘पद्म ज्योति समूह’ घोषणा गर्दै, विकास र सृजनशीलताको नयाँ अध्यायको सुरुवात गरेको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा पद्म ज्योतिले समूहको यो रूपान्तरणले प्रगति र नवीनताप्रतिको प्रतिबद्धता झल्काउने बताएका छन्।...
सोमबार र मंगलबार मनकामना केबलकार बन्द हुने
काठमाडौं । मर्मत सम्भारका लागि मनकामना केबलबार दुई दिन बन्द हुने भएको छ । केबलकारको सेवा पुस १ र २ गते दुई दिन बन्द हुने भएको हो । टावरको मर्मत सम्भारपछि आउँदा बधवार (पुस ३ गते ) देखि नियमित...




















