बजारमा सकारात्मक माहोलः १० अर्बको कारोबार, उचाई तिर नै जान खोजेको हो मार्केट ?

काठमाडौँ । नेपाल ग्रे लिस्टमा परेपछि शेयर बजारमा नकारात्मक असर पर्ने आशंका व्यापक थियो । तर, आइतबार, सोमबार र मंगलबारको बजार गतिविधिले यस्तो चिन्तालाई निरुत्साहित गरेको छ । बजारले ग्रे लिस्टको खबरलाई हरियो कार्पेटले स्वागत गर्दै निरन्तर सकारात्मक दिशा...


हिमालयन र नेपाल रि इन्स्योरेन्सको २ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै हिमालयन रि इन्स्योरेन्सको १ अर्ब दुई करोड ६२ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ८३ करोड तीन लाख रुपैयाँले सर्वाधिक कारोबार...


शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव अग्रवालको अध्यक्षतामा आज काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा सभा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर...


‘नेतृत्वकर्ताकै शेयर हुँदा जनता मारेर भएपनि केवलकार बनाइदै, माओवादी देशभर आन्दोलनमा उत्रिन सक्छ’

काठमाडौँ ।  मोरङको कानेपोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केवलकारको विषयलाई छलफल र समझदारीबाट समाधान गर्नुपर्ने बताएका छन्। उनले उक्त परियोजनामा सरकारमा नेतृत्व गर्नेहरूकै लगानी रहेको दाबी गर्दै सरकार जनता मारेर भए...


मोबाइल नम्बर परिवर्तन हुँदा बैंकलाई तुरुन्तै जानकारी गराउनुहोस्ः राष्ट्र बैंक

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी सेवा प्रदायकहरूको मोबाइल वालेटजस्ता सेवाहरू प्रयोगकर्ताको दर्ता गरिएका मोबाइल नम्बर वा इमेल ठेगानासँग जोडिएका हुन्छन्। यी सेवासँग ग्राहकको बैंक खाता तथा अन्य वित्तीय विवरणहरू प्रत्यक्ष...


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यानडा र मेक्सिकोमाथि कर लगाउने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानडा र मेक्सिकोमाथि कर लगाउने आफ्नो निर्णय कार्यान्वयनमा जाने घोषणा गरेका छन्। उनले एक महिनासम्म निलम्बित राखिएको आयात कर आगामी महिनादेखि लागू हुने स्पष्ट पारेका छन्, जसले अमेरिकी अर्थतन्त्रमा प्रभाव पार्न सक्ने...


कालीमाटीको काउलीमा विषादी

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारको ६१३ नम्बरको पसलको काउलीमा विषादी पाइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले आज फागनु १३ गते गरेको परीक्षणमा प्रेम खड्गीले बेच्न राखेको ११० नम्बर बाली कोडको धादिङ्गमा उत्पादित काउलीमा अत्यधिक मात्रामा...


हिमालयन रिको शेयर मूल्य हजार कट्यो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता शेयर मूल्यले १ हजार नाघेको छ। अहिले १ बज्नै लाग्दा यस कम्पनीको शेयरमूल्य १.१६ प्रतिशतले वृद्धि भएर १००१ रुपैयाँ ५० पैसा पुगेको हो। त्यस्तै यस अवधिसम्म कम्पनीको २८ करोड ९२ लाख रुपैयाँभन्दा...


२४ जना सवार रहेको बस धुलिखेलमा दुर्घटना

काठमाडौँ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नंको यात्रुवाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।...


नेपाल विद्युत प्राधिकरणलाई ९ करोड ७ लाख रुपैयाँ विदेशमा लगानी गर्न स्वीकृति

काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणलाई ९ करोड ७ लाख ६ हजार ९ सय ६६ रुपैयाँ ३७ पैसा बराबरको लगानी विदेशमा गर्न स्वीकृति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले यसबारे नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जानकारी...


सानिमा रिलायन्सको प्रधान कार्यालय सर्यो

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय सरेको छ। हाल कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिकाको वडा नम्बर १० नयाँ बानेश्वरमा र वडा नम्बर १ कमलादीमा रहेकोमा अब सोही १ नम्बर वडाको नक्साल, नारायणचौरमा सरेको हो। कम्पनीले नयाँ...


रिलायबल नेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान कार्यक्रम  भव्य रुपमा सम्पन्न भएको छ । सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि आयोजित उक्त कार्यक्रम काठमाडौंको होटल क्रिस्टल पशुपतिमा उत्साहजनक रुपले सम्पन्न भएको हो...


मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा केन्द्रीय बैंकः के आउला नयाँ कुरा ?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । “मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी छ । सम्भवतः सञ्चालक समितिको बैठक मंगलबार बिहान बस्छ,”...


बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख ७१ हजार ३०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

काठमाडौंं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पंज्ञानीलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन...


सानिमा रिलायन्स लाइफको लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश र १...


बीमा परिपक्वता लाभ र अभिकर्ता कमिशन लिन मेट लाइफको आग्रह

काठमाडौं । अमेरिकन मेट लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख परिपक्व (म्याचूर्ड) भएको भए परिपक्वता लाभ (म्याचूरिटी बेनिफिट) र अभिकर्तालाई कमिशन रकम लिन आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै आफ्नो बीमालेख आंशिक वा पूर्ण परिपक्व भएको खण्डमा सो बापतको...


सानिमा जिआईसीको ९५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ९५ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र आफूले...


अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिददर १३८.४२ रुपैयाँ र बिक्रीदर १३९.०२ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो। त्यस्तै यसदिन युरोपियन युरो...


शिखर इन्स्योरेन्सको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिँदै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा आज फागुन १३ गते बस्दैछ। सभा काठमाडौंको थापाथलीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस...