इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७१ फागुन १ गते अनुमति पाएको इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । प्राधिकरणले एक सुचना जारी गर्दै टेलनेट इन्टरनेटको अनुमतिपत्र खारेज भएको जनाएको हो । पोखरालाई आधार बनाएर सेवा दिने...


सामान ढुवानी सहज बनाउन ‘टिम भरिया’ एप सञ्चालनमा

काठमाडौँ । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ। टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल फुँयालका...


ईङवा हाईड्रोपावरको सञ्चालकमा महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिना नियुक्त

काठमाडौँ । ईङवा हाईड्रोपावर लिमिटेडले महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिनालाई नयाँ सञ्चालकका रुपमा नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपाने र तिमिल्सिनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले कम्पनीको...


अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई विमानहरू ठोक्किए

काठमाडौँ । अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रारम्भिक जानकारी अनुसार टक्सनको उत्तरपश्चिममा रहेको माराना क्षेत्रीय विमानस्थल नजिकै स्थानीय समयअनुसार बुधबार बिहान ८ः२८ मा दुर्घटना भएको हो।...


उकालो यात्रामा सुनको मूल्य, प्रतितोला एक लाख ७१ हजार

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको...


रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा

काठमाडौँ । पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ । रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो । यस रोमाञ्चक यात्रामा...


सामान्य प्रशासनमन्त्री गुप्तासँग निजामती कर्मचारी संगठनको भेट, उच्च अदालतको फैसला कार्यान्वयन गरिदिन आग्रह

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ । संगठनको माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिले मंगलबार मन्त्री गुप्तासँग मन्त्रालयमै भेट गरेको हो ।...


पूर्व राष्ट्रपति बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

काठमााडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममालेखेका छन्, ‘विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै...


प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई-मास ७’ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास ७’ नेपाली बजारमा भित्रिएको छ। प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले नेपाली अटो बजारमा यो गाडी ल्याएको हो। कम्पनीले केही समयपछि मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने...


सुनको मूल्य उच्च, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागि रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


सहकारीको ऋण लिएर जुनारको नर्सरी, वार्षिक २५ लाखको कारोबार

सिन्धुली जिल्लाको रतनचुरा ५ मा रहेको नर्सरीमा उत्पादन भएको जुनारको वेर्ना पश्चिममा दैलेखदेखि पूर्वमा इलामसम्म निकासी हुने गरेको छ । त्यो पनि कृषि विकास कार्यालयको सिफारिसमा । २०३२ सालमा स्थापना भएको रतनचुराको एक नर्सरीले २०३९ सालदेखि औपचारिक रूपमा जुनार,...


केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुचका लागि निर्माणाधिन केबुलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा वृहत् जनप्रदर्शन गरिएको छ । आम स्थानीयहरु केबुलकारको पक्षमा रहेको,...


शिखर नगरपालिकाद्वारा चैते धानको बीउमा अनुदान कार्यक्रमको लागि आवेदन खुला

काठमाडौँ । शिखर नगरपालिकाले उत्पादनमा आधारित चैते धानको बीउमा अनुदान कार्यक्रमको लागि आवेदन खुला गरेको छ । कृषि विकास शाखाको आ.ब. २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाभित्रका इच्छुक कृषक, कृषि फार्म, कृषक समूह, र कृषि सहकारीहरूले आवेदन दिन...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । भोलि अर्थात फागुन ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसमार बिदा दिने निर्णय गरेको हो । प्रजातन्त्र दिवस नेपालमा हरेक वर्ष फागुन ७ गते मनाइन्छ । २००७ साल फागुन ७ गते...


७ महिनामा सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब थपियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा सरकारको सार्वजनिक ऋणमा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँको वृद्धि भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्ममा देशको कुल सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको...


पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोह फागुन ८ गते आयोजना हुँदै

काठमाडौँ । पोखरा विश्वविद्यालयले आफ्नो २०औं दीक्षान्त समारोह आगामी फागुन ८ गते (फेब्रुअरी २०,२०२५) मा पोखरा विश्वविद्यालय स्थित रहेको ढुंगेपाटन, कास्कीमा आयोजना गर्न लागेको बताएको छ । शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री...


आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने, योजना आयोगले गर्यो स्रोतको अनुमान

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटको सिलिङ करिब १९ खर्ब रुपैयाँको हुने अनुमान गरेको छ। यसअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ तयार गरी अर्थ मन्त्रालयमा पेस गरेको छ। चालू...


बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति

काठमाडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन...


अन्ततः झुक्यो केआईआईटी, नेपाली विद्यार्थी र जनतासँग माग्यो माफी

काठमाडौँ । भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले १६ फेब्रुअरीमा क्याम्पसमा भएको अप्रिय घटनामा संलग्न नेपाली विद्यार्थीहरूसँग माफी मागेको छ। क्याम्पसका उपकुलपति प्रा। सरनजीत सिंहले उक्त घटनामा आफूहरू स्तब्ध रहेको र यस्तो व्यवहारको कुनै...


युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुसबीच वार्ता सुरु

काठमाडौँ । युक्रेन युद्ध अन्त्यका लागि अमेरिका र रुसबीच कूटनीतिक वार्ता सुरु भएको छ। रुसका विदेशमन्त्री सेर्गेई लाभरोभ र भ्लादिमिर पुटिनका मुख्य विदेश नीति सल्लाहकार युरी उशाकोभले मंगलबार साउदी अरेबियामा अमेरिकी कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका हुन् । अनुभवी कूटनीतिज्ञ मानिने...