माछापुच्छ्रे छोडेका शर्मा सनराईज बैंकको सिईओमा नियुक्त

२९ माघ २०७७, बिहीबार १३:०१

काठमाडौं । केही समय पहिले माछापुच्छ्रे बैंक छोडेर सुमन शर्मा सनराईज बैंकको सिईओ पदमा नियुक्त भएका छन् । सनराइज बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई आगामी चार वर्षको लागि सिईओमा नियुक्त गरेको हो ।

नेपाल बैंकिङ क्षेत्रका ग्लोबल आईएमई, एनएमबी बैंक, एसबीआई बैंकलगायतका आधा दर्जनभन्दा बढि बैंकहरुमा करिब २२ वर्ष बिताएका अनुभवी शर्मा सिईओ बनेर विवादित बैंकमा छिरेका हुन् । सनराईज बैंकमा सञ्चालकहरुसँगको विवादपछि सिईओ जनक शर्मा पौडेलले हालै मात्रै पदबाट राजिनामा दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*