महालक्ष्मी विकास बैंकको कामु सिईओमा लम्साल, शर्माले दिए राजिनामा

३ फाल्गुन २०७७, सोमबार १३:१८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले का.मु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्ति गरेको छ । सो बैंकका कामु कार्यकारी निर्देशक सागर शर्माले हालै राजिनामा दिई विदामा बसेपछि सो बैंकमा कामु सिईओ फेरिएको हो । यसअघि विवादका कारण कृष्ण प्रसाद लामिछानेले सिईओ पद नै छोडेर हिडेका थिए ।

बैंककोे २०७७ माघ २९ गते बसेको सञ्चालक समितिको ४७५ औं बैठकले नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बढावा गर्दै बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको हो । साथै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत लम्सालले सुम्पिएको हो ।

बिगत १२ बर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालको बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ बर्षको बैकिङ्ग अनुभव रहेको छ । केन्दि«य बैंकको नितिनियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रि«त हुने लम्सालले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*