गरिमा विकास बैंकको अध्यक्षतामा श्याम प्रसाद बस्याल

४ फाल्गुन २०७७, मंगलवार १४:०६

काठमाडौं । गरिमा विकास बैंकको अध्यक्षतामा श्याम प्रसाद बस्याल निर्वाचित भएका छन् ।

मिति २०७७ फागुन ३ गते सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी समक्ष नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालले शपथ लिएका हुन् ।

गरिमा विकास बैंकको २०७७ माघ ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ संचालक पदमा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*