मनाङको मनाङ ङिस्याङमा ग्लोबल आइएमईको नयाँ शाखा संचालन

४ फाल्गुन २०७७, मंगलवार १४:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न क्षेत्रमा आफ्नो शाखा विस्तार गर्ने क्रममा मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका –४, मनाङ बजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।

२०७७ फागुन ३ गते सोमबारदेखि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । मनाङमा नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकको विभिन्न ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो शाखा विस्तार गर्दै सर्वसाधारणहरुलाई बैंकिङ सेवा सुविधा दिँदै आइरहेको छ । साथै मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

बैंकले २२ लाख भन्दा बढि ग्राहकहरू माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*