बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

५ फाल्गुन २०७७, बुधबार १२:१०

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु पनि गर्ने गरेको छ ।

यस्तैमा, बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत श्री अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ ।

बैंकका संचालक प्रा. डा. हेमराज सुबेदीज्यूले एक कार्यक्रमका बिच उक्त सेतो छडी श्री अपाङ्गता संरक्षण नेपालका प्रमुख श्री बिरोध खतिवडालाई हस्तान्तरण गरेको हो । बैंक द्वारा हस्तान्तरण गरीएको उक्त सेतो छडीले दृष्ट्रिबिहिन व्यक्तीहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जिवनयापन सहज बनाउन सहयोग मिल्ने विश्बास बैंकले लिएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*