महिला ट्रेकिङ्ग उधमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान

६ फाल्गुन २०७७, बिहीबार १२:५२

काठमाडौं । प्रभु बैंक लिमिटेडले महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

आईडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको हो ।

एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उधमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गर्नुभएको बैंकले जानकारी दिएको छ ।

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उधम व्यवसायलाई पून ः सुचारु गर्दै जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*